युरो २०२०: मैदानमा ढलेका एरिकसन अस्पताल भर्ना – Nepal Press

युरो २०२०: मैदानमा ढलेका एरिकसन अस्पताल भर्ना

काठमाडौं । शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा फिनल्यान्डविरुद्धको खेलमा मैदानमा ढलेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन अस्पताल भर्ना भएका छन् ।

खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका थिए । उनी ढलेपछि ‘अचेत’ अवस्थामा केही बेरसम्म रहेको न्यूयोर्क टाइम्सले बताएको छ ।

उनी ढलेपछि तुरुन्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरिएको थियो । उनको बाँकी उपचारका लागि अस्पतालमा भर्ना गरिएको युइएफएले बताएको छ ।

गेटी इमेजका लागि फ्रेडम्यान भोगेलले खिचेको तस्वीरमा एरिकसनको चेत आएको र आँखा खुलेको देखिन्छ ।

उनको उपचार जारी रहँदा डेनमार्कका खेलाडीको आँखा आशु भरिएको थियो भने फिन्ल्यान्डका खेलाडी पनि स्तब्ध भएका थिए ।

युइएफले मेडिकल इमर्जेन्सीका कारण यो खेल स्थगित गरिएको घोषणा गरेको छ । ४२ मिनेटसम्म दुवैतर्फबाट गोल भएको थिएन भने डेनमार्कले निरन्तर फिनल्यान्डको रक्षापंक्तिमाथि आक्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर