शनिबार ३३ सय कोभिड बिरामी थपिए, ६१ जनाको मृत्यु – Nepal Press

शनिबार ३३ सय कोभिड बिरामी थपिए, ६१ जनाको मृत्यु

संक्रमित हुनेमा २१ देखि ४० वर्षका धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,३८५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६१ जनाको मृत्यु भएको छ ।

१४ हजार ४९४ नमुना (८५०६ पीसीआर र ५९८८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा २१ देखि ४० वर्ष उमेर समूहका अत्याधिक छन् ।

परीक्षण गराउनेमध्येको पजेटिभ हुने दर १८.९ प्रतिशत छ । जुन अहिलेसम्म स्थिर छ । मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

थप ६२९५ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित संख्या ७१ हजार ३०१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर