नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्तिमा माधव पक्षीय एमाले नेताको समर्थन – Nepal Press

नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्तिमा माधव पक्षीय एमाले नेताको समर्थन

मेटमणी चौधरी भन्छन् : सत्य उजागर गर्नुभएकोमा धन्यवाद, माफी माग्नु वा पश्चाताप गर्नुपर्दैन

काठमाडौं । वागमती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्तिको उनकै पार्टीसहित सर्वत्र निन्दा भइरहेका बेला एमालेका एक नेताले समर्थन जनाएका छन् ।

एमाले केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद मेटमणी चौधरीले फेसबुकमा लामो स्टाटस लेख्दै नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य यहि हो भनेका छन् । उनले सत्य उजागर गरेकोमा वैद्यलाई धन्यवाद समेत दिएका छन् ।

माधव नेपाल पक्षधर चौधरीलाई एमालेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेको छ । उनले वैद्यले आफ्ना अभिव्यक्तिका लागि माफी माग्नु नपर्ने र पश्चाताप पनि गर्नु नपर्ने बताएका छन् । उनले शासकले नै बरु माफी मागेर पश्चाताप गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्तिमा माधव पक्षीय एमाले नेताको समर्थन

  1. He contradicts himself.
    “माननीय नराेत्तमकाे अभिब्यक्ति सबैलाई अप्रिय लाग्याे तर सत्य पनि हाे । नेपाली मनाेबिज्ञानलाई बाग्मति प्रदेशकाे राेष्टमबाट बाेलिएकाे बिषयमा धेरैले अालाेचना गरिरहे पनि तिताे सत्य उजागर गर्नु भएकाेमा धन्यवाद भन्न चाहन्छु । यसैले वहाँले न माफि माँग्नु पर्दछ न त पश्चाताप ! ” These three lines are very negative but the following lines are very good.

    “बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गराै, संविधान मिचेकाेमा पश्चाताप गराै । अदालतले बेठिक ठहर गरेकाे बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागाै र अागमि दिनमा गल्ति नगर्ने बिषमा प्रतिबद्दता जाहेर गराै । अत: अब जनताहरूका मनाेबिज्ञान बुझाै, साे अनुसारकाे व्यवहार र अाचरण देखाअाै । जनताहरूका मन जिताै, गुमेकाे साख उठाअाे । कसैसँग बदलाकाे भाव नराखाै । यसैमा हामी सबैकाे कल्याण हुन्छ ।”

    Violence and atrocities, either verbal or physical can never be tolerated anywhere on Earth.

  2. यो मेटमणि चौधरी मात्र हो कि माधवकुमार नेपाल समुहको हो स्पष्ट हुनुपर्छ यो भनाइले के पुष्टि गर्छ भने काङ्ग्रेसको नरोत्तम हत्या मै गर्छु भन्ने माधव समुहको मेटमणि त्योभन्दा एक हत अगाडि बढेर त्यसको समर्थन गर्नु यता खुमालटार र बुढनिलकाण्ठ को साथै अज्ञात स्थान हरुमा माधवकुमार नेपाल प्रचण्ड र शेरबहादुर को गोप्य बैठक हरुको शृङ्खला जारी हुनु बाघ कराउनु र बाख्रा हराउनु जस्तै जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर