प्रदेशसभामा कांग्रेस सांसदको अभिव्यक्तिः खड्ग ओलीविरुद्ध नाथुराम गोड्से चाहियो, कि मै बनुँ ? – Nepal Press

प्रदेशसभामा कांग्रेस सांसदको अभिव्यक्तिः खड्ग ओलीविरुद्ध नाथुराम गोड्से चाहियो, कि मै बनुँ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेशसभा वैठकमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताए ।

प्रदेश सभामा भाषण गर्दै उनले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’

उनले आफू स्वयम् नाथुराम गोड्से बन्न तयार रहेको समेत इंगित गरे ।

‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’ उनले मुड्की उचाल्दै भने ।

नाथुराम गोड्से भारतीय स्वतन्त्रता अगूवा महात्मा गान्धीका हत्यारा हुन् । उनले सन् १९४८ को जनवरी ३० मा महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

प्रदेश सांसदको वैद्यको अभिव्यक्तिलाई लिएर एमाले नेता–कार्यकर्ताले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पनि आलोचना सुरु भएको छ ।

सांसद श्रेष्ठ काठमाडौं क्षेत्र नं. ४ क बाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका हुन् । २०७४ सालमा भएको निर्वाचनमा उनले नेकपा एमालेका निर्मल कुइकेललाई पराजित गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर