कोरोनाले लुम्बिनी विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु – Nepal Press

कोरोनाले लुम्बिनी विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु

रुपन्देही। लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाडौंकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा। तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन् । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको सुखावती भुवनमा बासको कामना गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए । उनका एक छोरा एक छोरी र श्रीमती छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *