पुनर्वहाली भएका सांसदलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलको अनुरोध – Nepal Press

पुनर्वहाली भएका सांसदलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलको अनुरोध

सुर्खेत । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वाहली गरेका सांसदहरूलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलले अनुरोध गरेको छ ।

माओवादी सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरेर राजनीतिक अपराध गरेको भन्दै एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गरेको थियो । उनीहरूमाथिको कारवाही लागू नगर्न सर्वोच्चले हिजो अन्तरिम आदेश दिएको थियो ।

कर्णाली प्रदेशसभाको बैठकको सुरुमै संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश आफूहरूले स्वीकार गर्ने र कार्यान्वयन गरेर जाने बताए । तर, त्यसका लागि दलीय आचरण, मूल्य र मान्यताभित्र सांसदहरू बस्नुपर्ने उनको भनाइ छ ।

‘नेकपा एमाले शक्ति पृथककीरणको सिद्धान्तमा विश्वास गर्छ । सम्मानित अदालतको फैसला गरेपछि कार्यान्वयन गर्छ ’, नेता कंडेलले भने,‘एमालेमा नै रहन पाउँ भन्ने माग उहाँहरूको पूरा भएको छ । अदालतले अर्को आदेश जारी नगरेसम्म उहाँहरू एमाले भइसक्नु भयो । संसदभित्र दुईवटा एमाले हुँदैन, छैन । कसैले त्यस्तो सोचेको छ भने त्यो भ्रम मात्र हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर