संविधान र व्यवस्था फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई (भिडियो) – Nepal Press

संविधान र व्यवस्था फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको दावी गरेका छन् । आज सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो दावी गरेका हुन् ।

डा. भट्टराईले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’

उनी थप्छन्, ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्तत: संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’

उनले सर्वोच्चबाट संसद पुन:स्थापना भए त्यो नै सबैभन्दा उपयुक्त निकास हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर