यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा
नेपाल प्रेस
२०७८ जेठ २८ गते १६:४२
काठमाडौं । नेपाली समयअनुसार १२:४५ बजे रोममा इटाली र टर्की खेल्दै युरो २०२० को सुरुआत गर्नेछन् । मिनी विश्वकपको नामले समेत परिचित युरोको इतिहासमा सर्वाधिक फराकिलो नतिजा भनेको ५ गोलको छ ।
युरोको कीर्तिमानी ५ गोल फरकको नतिजामा फ्रान्स, नेदरल्यान्ड्स, डेनमार्क र स्वीडेनको नाम छ । हुनत! युरोमा ६-१ को स्कोरलाइन पनि निस्किएको थियो । तर, फरक भने पाँच गोलको मात्रै छ । यी नतिजामध्ये दुई खेल एकै दिनमा भएका थिए ।
५ गोल फरकको नतिजा निस्किएका खेलहरू
१. १९८४ समूह चरण: फ्रान्स ५-० बेल्जियम
२. १९८४ समूह चरण: डेनमार्क ५-० युगोस्लाभिया
३. २००० क्वार्टरफाइनल: नेदरल्यान्ड्स ६-१ युगोस्लाभिया
४. २००४ समूह चरण: स्वीडेन ५-० बुल्गेरिया
प्रतिक्रिया
सम्बन्धित खवर