गण्डकी प्रदेशसभाको बैठक ३० गतेसम्मका लागि स्थगित – Nepal Press

गण्डकी प्रदेशसभाको बैठक ३० गतेसम्मका लागि स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक सत्तारुढ नेकपा एमालेका सदस्यहरूले अवरोध गरेका छन् । आजको बैठक सुरू हुनासाथ सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापालाई सम्बन्धित दलले पदमुक्त गरेको सूचना पढेर सुनाएका थिए ।

लगत्तै एमालेका सांसदहरूले प्रदेशसभाको बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएको भन्दै बैठक अगाडि नबढाउन माग गरेका थिए ।

‘प्रदेशसभाको बैठकमा मन्त्रिपरिषदको सदस्य उपस्थित हुनैपर्ने व्यवस्था छ तर आज कोही उपस्थित नभएकोले बैठक रोकियोस्’, एमाले सांसदको माग थियो । त्यसपछि सभामुख अधिकारीले जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर