जी-सेभेन मुलुकले १ अर्ब डोज खोप वितरण गर्ने, अमेरिका र बेलायतले घोषणा गरे थप खोप सहायता – Nepal Press

जी-सेभेन मुलुकले १ अर्ब डोज खोप वितरण गर्ने, अमेरिका र बेलायतले घोषणा गरे थप खोप सहायता

लन्डन । ठूला सात धनी राष्ट्रको समूह जी-सेभेनले सन् २०२२ को अन्त्यसम्म विश्वका गरिब तथा न्यून आय मुलुकलाई १ अर्ब डोज खोप वितरण गर्ने भएको छ ।

सहायता र खरिदको माध्यममार्फत उक्त खोप वितरण गरिने एजेन्डामा जी-सेभेन सदस्य राष्ट्रले सहमति जनाउने बेलायती संचारमाध्यमले जनाएका छन् । जी-सेभेन आज इङल्यान्डमा बस्दैछ ।

आगामी वर्षभित्र बेलायतले मात्र १०० मिलियन डोज खोप वितरण गर्ने भएको छ भने अमेरिकाले थप ५०० मिलियन डोज फाइजर खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण गर्ने घोषणा गरेको छ ।

गरिब तथा न्यून आय भएका मुलुकमा खोप वितरण गर्न अहिले ठूला धनी मुलुकलाई चौतर्फी दबाब छ । ‘हाम्रो खोप अभियान सफल भएपछि अहिले हामी बचत रहेको खोपलाई वितरण गर्न सक्षम भएका छौं’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने ।

‘मलाई आशा छ, जी सेभेन बैठकमा हाम्रा मित्रराष्ट्रका साथीहरुले अर्को वर्षसम्म विश्वलाई खोप वितरण गर्ने प्रतिबद्धता जनाउनेछन् र कोरोनाभाइरसलाई जित्न हामी सक्षम हुनेछौं’ उनले भने ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्ति जारी गर्दैै जी सेभेन मुलुकहरुले उक्त लक्ष्य हासिल गर्न १ बिलियन खोप वितरण गर्नेमा सहमति जनाउनेछन् भन्ने हाम्रो अपेक्षा रहेको जनाएको छ ।

बेलायतले आगामी वर्षभित्र ९५ मिलियन डोज खोप वितरण गर्ने बताएको छ । जसमध्ये २५ मिलियन डोज चाहिँ सन् २०२१ को अन्त्यसम्म वितरण भैसक्नेछ । यसमध्ये ८० प्रतिशत खोप चाहिँ कोभ्याक्स संयन्त्रमार्फत वितरण गर्ने बेलायतको तयारी छ । अमेरिकाले भने ९२ वटा गरिब तथा न्यून आय भएका मुलुकलाई थप ५०० मिलियन डोज खोप वितरण गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *