मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई – Nepal Press

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको एक मन्त्रीले नेपाल प्रेसलाइ जानकारी दिए ।

विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो । सरकारका औपचारिक निर्णय सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीको काम-कर्तव्य अधिकारका बिषयमा पनि सबै नवनियुक्त मन्त्रीलाइ जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सरकारकाे प्रवक्ताबाट गर्नुपर्ने, सरकारकाे गाेपनियता कायम गर्न पनि सबै मन्त्रीलाइ निर्देशन दिएका बैठकमा सहभागि ति मन्त्रीले बताए । मन्त्रिपरिषद् पुर्नगठन भएपछि बिहिबार पहिलाे बैठक बसेकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर