बिहीबार ९ हजार पीसीआर परीक्षण गर्दा ३७ सय कोभिड बिरामी थपिए – Nepal Press

बिहीबार ९ हजार पीसीआर परीक्षण गर्दा ३७ सय कोभिड बिरामी थपिए

५९ जनाको मृत्यु, ५२९३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,७४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९,९०१ वटा पीसीआर र ५,३३७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

एन्टीजेन परीक्षणको थप विवरण प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण झनै घटाइएको छ ।

परीक्षणमध्ये संक्रमणदर १८.९ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु पुष्टि भएको छ । कूल ८२३८ जनाको मृत्यु भएको छ । मृत्युदर १.३७ प्रतिशत छ ।

५२९३ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८५.७ प्रतिशत छ ।

२२ लाख ४४ हजारले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ६ लाख ९१ हजारले दोस्रो डोज खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर