नेपाल र सिंगापुरका परराष्ट्रमन्त्रीबीच भर्चुअल संवाद : सिंगापुरले थप स्वास्थ्य सहायता प्रदान गर्ने – Nepal Press

नेपाल र सिंगापुरका परराष्ट्रमन्त्रीबीच भर्चुअल संवाद : सिंगापुरले थप स्वास्थ्य सहायता प्रदान गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री रघुवीर महासेठ र सिंगापुरका समकक्षी भिभियान बालकृष्णनबीच विहिबार भर्चुअल संवाद भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कोभिड-१९ महामारी रोकथामका लागि द्धिपक्षीय सहायता आदानप्रदानबारे भर्चुअल संवाद भएको थियो । परराष्ट्रमन्त्री महासेठले स्वास्थ्य सहायताका लागि सिंगापुरलाई धन्यवाद दिएका थिए ।

संवादमा सिंगापुरका विदेशमन्त्री बालकृष्णनले नेपालको महामारी अवस्थाबारे जिज्ञासा राख्दै नेपाललाई सघाउन आफूहरु तयार रहेको बताएका थिए । साथै, उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएको अवसरमा महासेठलाई बधाइ समेत दिए ।

सिंगापुरको तामासेक फाउन्डेसन इन्टरनेसनलले नेपाललाई गतसाता स्वास्थ्य सहायताको पहिलो खेप उपलब्ध गराएको थियो । चाँडै दोस्रो खेप पनि आउने जानकारी सिंगापुरका विदेशमन्त्रीले दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर