लक्षित समूहबाहेक खोप लगाउनेमाथि अनुसन्धान शुरु – Nepal Press

लक्षित समूहबाहेक खोप लगाउनेमाथि अनुसन्धान शुरु

रुपन्देही । सरकारले तोकेको लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको विषय बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान शुरु गरेको छ ।

यो विषयमा विवाद भएपछि रुपन्देहीका चार पालिकामा खोप कार्यक्रम नै स्थगित गर्नुपरेको थियो । लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको भन्दै विवाद निस्किएपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकालगायत केही पालिकामा विवाद निस्किएपछि खोप कार्यक्रम नै स्थगित भएको थियो ।

त्यसअगत्तै प्रमुख जिल्ला अधिकारी अस्मानतामाङले बुधबार नै जिल्लाका केही स्थानीय तहमा अनुगमन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले खोप लगाउन खटिएका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य कार्यालयलाई स्पष्टीकरण सोधि सकिएको बताए । उनले त्यसरी खोप लगाएकाहरुको बारेमा थप अध्ययन भएको बताए ।

सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर खोप लगाउने जो कोहीलाई पनि कारवाही गरिने उनले प्रष्ट पारेका छन् । कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले गैरलक्षित समूहले खोप लगाएको पाइएमा उनीहरुलाइै ऐन बमोजिम कारवाही हुने बताए ।

जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । देशभरका स्थानीय तहहरुसहित मंगलबारदेखि रुपन्देहीमा सुरु भएको खोप अभियानमा सरकारले तोकेको लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको कुरा सामाजिक सञ्जालमा आइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *