मन्त्री थापालाई बैठकमा प्रवेश गर्न नदिने सहमतिपछि प्रदेशसभा सुचारू

सुर्खेत । तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु भएको छ ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णयसमेत गरेका छन् । सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *