धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक – Nepal Press

धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक

काठमाडौं । यसपटकको जन्मदिन अभिनेता राजेश हमालका लागि भिन्न रह्यो । बुधबार हमालले ५७ औं जन्मदिन आफ्नै शैलीमा मनाए ।

नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै जन्मदिन केक काटे । केही साथीलाई लिएर केक काट्न उनी बार्दलीमा पुगेका थिए । उनले केक काटे र मधुलाई चखाए ।

बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरे । यसअघिका जन्मदिन उनले पशुपतिको वृद्धाश्रममा पुगेर मनाउने गर्थे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *