राना समुदायबाट ३६ वर्षपछि मन्त्री – Nepal Press

राना समुदायबाट ३६ वर्षपछि मन्त्री

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थपेर आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले अधिकांश नयाँ अनुहारलाई मन्त्री बनाएका छन् ।

ती मध्येका एक हुन् नारदमुनी राना । उनलाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना समुदायबाट उनी ३५ बर्षपछि मन्त्री बन्न लागेका हुन् ।

२०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमिसुधार राज्य मन्त्री भएकी थिइन् । राज्य मन्त्री बाहेक अहिले सम्म राना समुदायका व्यक्ति फुल मन्त्री भएका छैनन् । कैलाली कञ्चनपुरमा राना थारूहरूको बसोबास छ ।

राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् ।

२०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख बनेका थिए ।

२०६१ सालमा सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष भएका उनले शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नेतृत्व पनि सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर