चारतले घर भत्कँदा मुम्बईमा ८ बालबालिकासहित ११ जनाको मृत्यु – Nepal Press

चारतले घर भत्कँदा मुम्बईमा ८ बालबालिकासहित ११ जनाको मृत्यु

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईस्थित एक आवासीय भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका छन् ।

लगातारको झरीको कारण उक्त चारतले भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीले राज्य सरकारको लापर्वाहीले उक्त घटना भएको आरोप लगाएको छ ।

बीजेपीले उक्त घटनालाई हत्या भनेको छ ।

थप मानिसहरु उक्त घरको भग्नावशेषमा पुरिएको हुनसक्ने र उद्धारकर्ताहरु जुटिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर