पाकिस्तानी विदेशमन्त्री कुरेसीद्वारा नेपाली समकक्षीलाई बधाई सन्देश – Nepal Press

पाकिस्तानी विदेशमन्त्री कुरेसीद्वारा नेपाली समकक्षीलाई बधाई सन्देश

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई बधाइ सन्देश पठाएका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विदेशमन्त्री कुरेसीले इस्लामावाद नियोगका नेपाली राजदूत तपस अधिकारीमार्फत बधाइ सन्देश पठाएका हुन् ।

नेपालमा कोभिड-१९ को कारण ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै विदेशमन्त्री कुरेसीले पाकिस्तान सहायताका लागि तयार रहेको समेत बताए । बुधबार राजदूत अधिकारी र विदेशमन्त्री कुरेसीबीच भेटवार्ता समेत भएको थियो ।

सो अवसरमा द्धिपक्षीय सहयोग आदानप्रदानको मामिलामा छलफल समेत भएको जनाइएको छ । लकडाउनको कारण नेपालमा रोकिएका पाकिस्तानी नागरिकलाई उद्धार उडानमार्फत स्वदेश फर्काउन पहल गरेकोप्रति कुरेसीले नेपाललाई धन्यवाद समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर