बादलपत्नी नैनकला संचारमन्त्री बन्दै, पूर्वमाओवादी समूहलाई दुई मन्त्री – Nepal Press

बादलपत्नी नैनकला संचारमन्त्री बन्दै, पूर्वमाओवादी समूहलाई दुई मन्त्री

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री  बनाउने भएका छन् ।

बादलपत्नी नैनकला विगतमा महिला आयोगको अध्यक्ष थिइन् । बादलसँग उनको २०४० सालमा विवाह भएको हो ।

यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर