जर्सी लिलामीको रकमले विपन्नलाई खाद्यन्न – Nepal Press

जर्सी लिलामीको रकमले विपन्नलाई खाद्यन्न

दोलखा । निषेधाज्ञाका कारण रोजगारी गुमाएका ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि खाद्यन्न जोहो गरिदिन युवाहरुले जर्सी लिलामी अभियान संचालन गरेका छन् । दैनिक मजदुरीकै भरमा बिहान वेलुकीको छाक टार्ने विपन्नका लागि रकम संकलन गर्न अभियान संचालन गरिएको हो ।

दोलखाको भीमेश्वर नगरपालिका ७ मकैवारीका युवाहरुले जर्सी लिलामी गरेर उठेको रकमले विपन्नलाई खाद्यन्न किनिदिने अभियान संचालन गरेका हुन् । इको टुरिजम प्रमोशन गरिरहेका युवाहरुले खेल क्षेत्रमा लागेका युवाहरुको जर्सी लिलामी गरेर विपन्नलाई खाद्यन्न अभियान चलाएको विनोद तामाङले वताए ।

लिलामीबाट उठेको रकमले भीमेश्वर ७ का ३३ विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । ‘विपन्नका लागि रकम जाहो गर्न जर्सी लिलामी गरेका हौं,’ विनोदले भने, ‘जर्सी लिलामी गरेर ५० हजार संकलन ग¥यौ ।’ अभियानमा अधिकांश युवाहरुले साथ दिएको उनले वताए ।

लिलामीबाट उठेको रकमले प्रतिपरिवार २५ सय रुपैयाँको खाद्यन्नसहित स्वास्थ्य सामग्री खरिद गरिदिएको उनले बताए । विपन्नका लागि खाद्यन्न वितरण गर्न सहयोग माग्दा कसैले सहयोग गरेनन्,’ विनोदले भने, ‘युवाहरु मिलेर यो अभियान संचालन ग¥यौं, जर्सी किनिदिएर धेरैले सहयोग गरे ।’

लिलामीमा राखिएका जर्सी ३ हजारदेखि ८ हजारसम्ममा लिलामी भएको उनले बताए । अनलाईन मार्फत जर्सी लिलामी अभियान संचालन गरेको उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर