बानेश्वरमा यसरी राखियो आकाशे पुल – Nepal Press

बानेश्वरमा यसरी राखियो आकाशे पुल

नेपाल प्रेस २०७८ जेठ २७ गते ११:३५
२०७८ जेठ २७ गते ११:३५

नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । यो पुल एक स्थानबाट अर्को स्थानमा खोलेर लैजान सकिने ‘मुभेबल’ खालको छ ।

भुइँमा बनाइएको फलामको ट्रष्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । पुल निर्माणको लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिँड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटरमाथि रहेको छ ।

चोकबाट पश्चिमतर्फ क्रेनको सहायताले पुल राखिएको छ । सवारी र मानिसको चापले सधैँ व्यस्त हुने बानेश्वर चोकमा आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुनेछ । यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने विभागले जनाएको छ ।