प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि सभामुखले पत्र पठाए – Nepal Press

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि सभामुखले पत्र पठाए

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

समसामयिक विषयका लागि छलफल गर्न भन्दै सापकोटाले आज पत्राचार गरेका हुन् । जेठ २८ गते २ बजे निर्धारण गरिएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तय गरिएको बैठकमा समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर