यी हुन् बस्नलायक संसारका दश उत्कृष्ट सहर, एसियाका मात्र आठ सहर (सूचीसहित) – Nepal Press

यी हुन् बस्नलायक संसारका दश उत्कृष्ट सहर, एसियाका मात्र आठ सहर (सूचीसहित)

न्यूजिल्यान्डको अकल्यान्ड पहिलो स्थानमा

काठमाडौं । कोरोनाभाइरस महामारीले विश्वभर मानवीय जीवनशैलीलाई प्रभावित पारेको अवस्था छ । यस्तोमा अझैं थुप्रै सहरहरु भाइरसलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् र हजारौंले ज्यान गुमाएका छन् ।

तर, केही गन्तव्यले भने भाइरसलाई नियन्त्रण गर्दै सुरक्षित बसोबासको व्यवस्थापन गरेका छन् । ती ठाउँका बासिन्दा महामारीलाई पराजित गर्दै सामान्य जीवनमा फर्किसकेको अवस्था छ ।

एसियाली मुलुकले न्यूजिल्यान्ड भाइरसलाई नियन्त्रण गर्ने मामिलामा निकै अगाडि छ । स्वभाविकरुपमा त्यहाँ सुरक्षित छ भन्ने बुझिन्छ । द इकोनोमिक टाइम्सको पछिल्लो ग्लोबल लायभिल्टी इन्डेक्सअनुसार न्यूजिल्यान्डको अकल्यान्ड संसारकै बस्नयोग्य सहरको सूचीमा पहिलो स्थानमा छ ।

जापानको ओसाका दोस्रो, अष्ट्रेलियाको एडिलेड तेस्रो, न्यूजिल्यान्डको राजधानी वेलिङ्टन चौंथो, जापानको राजधानी टोक्यो पनि चौंथो स्थानमा छन् । अष्ट्रेलियाको पर्थ पाँचौ, स्वीटजरल्यान्डको जुरिच सातौं, स्वीटजरल्यान्डको जेनेभा आठौं, अष्ट्रेलियाको मेलबर्न आठौं र अष्ट्रेलियाकै ब्रिसबेन दशौं स्थानमा छन् ।

सिरियाको दमास्कस संसारमै बस्न अयोग्य सूचीको रुपमा १४० औं स्थानसहित पुछारमा छ । बंगलादेशको राजधानी ढाका बस्न अयोग्य सहरको १३७ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर