पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन् – Nepal Press

पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्

काठमाडौं । पूर्वयुवराज पारस र उनका छोरीहरु टीकटकमा चर्चित छन् । प्रत्येक दिनहरु उनीहरुसँग सम्बन्धित भिडियोहरुमा गफका विषय बन्ने गर्छन् ।

पारसका फ्यानहरुले उनीबारे बनाएका भिडियोहरु प्रशस्तै छन् । टीकटकमा उनकी छोरी पूर्णिका पनि निकै सक्रिय छिन् । विभिन्न गीत र संवादका टुक्कामा पूर्णिकाले आफूलाई सक्रिय देखाउने गरेकी छिन् ।

यसैसाता टीकटक लाइभमा पूर्णिकाको भिडियो भने निकै चर्चामा रह्यो । किनभने, उनले आफ्ना पिताको योगदानको बारेमा चर्चा गरेकी छिन् । उनले पहिलोपटक सार्वजनिकरुपमा बुवा पारसबारे यस्तो टिप्पणी गरेकी हुन् ।

‘यस्तो गरेको छ कि मेरो बाउले यो देशका लागि’ उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ उक्त लाइभमा पूर्णिकाले हजुरबा, हजुरआमाबारे पनि बोलेकी छिन् ।

पूर्णिकाको यस्तो अभिव्यक्तिबारे सामाजिक संजालमा निकै टिप्पणी भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *