संवैधानिक इजलासबाट अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने – Nepal Press

संवैधानिक इजलासबाट अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

करीव दुई साता इजलास गठनको विवादमै अल्झिएको मुद्दा बुधबारबाट सुनुवाइमा गएको हो । रिट निवेदक देउवाको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खुलाउन माग गरेका थिए ।
संवैधानिक इजलासले भने अन्तरिम आदेश दिएन ।

अदालतले संसद विघटनको बारेमा विपक्षीसँग कारण देखाउ आदेश माग गरेको छ । मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।


प्रतिक्रिया

One thought on “संवैधानिक इजलासबाट अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर