संवैधानिक इजलासमा ‘कुर्सीकाण्ड’ : वरिष्ठ अधिवक्तालाई सुरक्षाकर्मीले हटाए – Nepal Press

संवैधानिक इजलासमा ‘कुर्सीकाण्ड’ : वरिष्ठ अधिवक्तालाई सुरक्षाकर्मीले हटाए

काठमाडौं । संवैधानिक इजलासमा चिया ब्रेकपछि सुनुवाइ सुरू हुन लाग्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन परेको छ ।

सुरक्षाकर्मी बस्ने गरेको कुर्सीमा त्रिपाठी बस्न पुगेपछि उनलाई उठाउन खोज्दा सवाल-जवाफ भयो । केहीबेरमा कर्मचारी आएर उनलाई सो कुर्सी छाड्न आग्रह गरेपछि झोला छाडेर हिँडे ।

त्रिपाठीलाई त्यसपछि कुर्सी व्यवस्थापन गरेर पछिल्तिर राखिएको छ । त्रिपाठी महान्यायाधिवक्ताको लहरमा गएर बस्न खोजेका थिए ।

प्रायः हरेक विषयमा सरकारका विरुद्ध रिट दायर गरेर चर्चामा आइरहने त्रिपाठीलाई सुरक्षाकर्मीले हटाउँदा न्यायाधीश भने इजलासमा आइसकेका थिएनन् ।

महान्यायाधिवक्ता रमेश बडालले आफ्नो बस्ने लहरमा तीनजना मान्छे ल्याएर राखेपछि आफूलाई झोंक चलेर गएर त्यहाँ बसेको त्रिपाठीले नेपाल प्रेसलाई बताए । सरकार पक्षका कानुन व्यवसायी बस्ने लहरमा गएर रिट निवेदक पक्षका वकील बसेपछि उनलाई त्यहाँबाट निकालिएको सर्वोच्च अदालत प्रशासनका अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर