वर्षामा राजमार्ग अवरुद्ध हुन नदिने पूर्व तयारीमा रहन मन्त्री नेम्वाङको निर्देशन – Nepal Press

वर्षामा राजमार्ग अवरुद्ध हुन नदिने पूर्व तयारीमा रहन मन्त्री नेम्वाङको निर्देशन

कर्मचारीलाई एक दिन पनि कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यो वर्ष मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

सम्बद्ध कर्मचारीहरुलाई बजेट कार्यन्वयनका बारेमा योजना सुनाउँदै नेम्वाङले राजमार्गहरू अवरुद्ध हुन नदिने र खाल्डाखुल्डीरहित बनाउने कार्यमा पूर्व तयारीका साथ रहन निर्देशन दिए ।

उनले भने- यस पटक मनसुन चाडो हुने पूर्वानुमान छ । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौं भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसँग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।

मन्त्री नेम्वाङले मातहत कर्मचारीलाई एक दिन पनि कार्यक्षेत्र नछाड्न निर्देशन दिँदै पुर्वाधार विकासमा देखिने खालको कार्य प्रगति हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर