नेपालमाथि अमेरिकी यात्रा प्रतिबन्ध कायमै, सीडीसीले भन्यो : नेपाल अझै उच्च जोखिममा – Nepal Press

नेपालमाथि अमेरिकी यात्रा प्रतिबन्ध कायमै, सीडीसीले भन्यो : नेपाल अझै उच्च जोखिममा

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम हुने भन्दै अमेरिकाले नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाएको छ ।

नेपालमा भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सीडीसीले लेभल-४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो । सीडीसीले यात्रा गर्न सकिने देशहरुको सूचीमा परिवर्तन गर्दै केही खुकुलो बनाएको छ ।

जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई भ्याक्सिनको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । ६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने भनिएको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो ।

नेपालसहित दक्षिण एसियाका अन्य मुलुक, ल्याटिन अमेरिकी तथा अफ्रिकाका कैंयन मुलुक भ्रमण गर्न नहुने सूचीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *