जनजाती कल्याण आश्रम र सेवा इन्टरनेशनलद्वारा रुवीभ्याली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग – Nepal Press

जनजाती कल्याण आश्रम र सेवा इन्टरनेशनलद्वारा रुवीभ्याली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडाैं । जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले धादिङको रुबीभ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनका लागि शय्यासहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड महामारी फैलिएसँगै गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको १५ शय्याको अस्पतालमा मेट्रेस, सिरानी, आईबी स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र दश लिटर क्षमताको १ एवं पाँच लिटर क्षमताको चार गरी जम्मा पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

सहयोग स्वरूप प्रदान गरिएको सामग्री रुबी भ्याली गाउँपालिकासम्म पुर्‍याइ हस्तान्तरण गर्न गाउँपालिका एवं सिङ्ला पर्यटन क्षेत्र विकास समाजका प्रतिनिधिसँगै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्ट पनि रुबी भ्याली पुगेका छन् ।

उक्त सामग्री पुर्‍याउन काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा ढुवानी गरिएको थियो भने त्यहाँबाट पिठ्यौँमा बोकेर लापा गाउँसम्म पहाडी मार्गमा पाँच घण्टाको पैदल यात्रापछि पुर्‍याइएको लापा मा।विमा सञ्चालित आइसोलेशन सेन्टरबाट मिलन भट्टले जानकारी दिए ।

यससँगै आवश्यक औषधि सहितको पाँच सय थान मेडिसिन किट तयार रहेको र आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले जनाएका छन् । रुबी भ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत विरामी तथा तिनका कुरुवा समेतलाई गरी आगामी एक महिनाको भोजन व्यवस्था पनि सेवा एवं कल्याण आश्रमका तर्फबाट गरिँदै छ ।

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपाल संगको सहकार्यमा काठमाडौँ, नेपालगञ्ज, भैरहवा, लमजुङ लगायतका स्थानमा पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप पठाइसकेको छ भने महेन्द्रनगरस्थित महाकाली अस्पताललाई एक महिनासम्म अक्सिजन आपूर्तिमा सहयोग पर्‍याइरहेको छ ।
यसबाहेक विभिन्न सञ्चालनमा रहेका औषधि आपूर्तिका लागि औषधि बैंक, खाद्यान्न आपूर्तिका लागि फूड बैंक आदिमा पनि सेवाले सहयोग पुर्‍याइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *