जर्मनीद्वारा नेपाललाई २०२१ को अन्त्यसम्म खोप खरिद गर्न आग्रह – Nepal Press

जर्मनीद्वारा नेपाललाई २०२१ को अन्त्यसम्म खोप खरिद गर्न आग्रह

काठमाडौं । सन् २०२१ को अन्त्यभित्र युरोपले न्यून आय भएका मुलुकमा सस्तो दरमा १.३ बिलियन डोज खोप निर्यात गर्ने घोषणा गरेको छ ।

निर्यात गरिने भनिएको सो परिमाणको खोप खरिदका लागि तयारी गर्न मंगलबार जर्मनीले नेपाललाई आग्रह गरेको छ ।

काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युरोपका व्यवसायिक साझेदारले यसवर्षको अन्त्यसम्म १.३ बिलियन डोज खोप निर्यात गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पनि सोही अवधिसम्म खोप हासिल तथा खरिद गर्न सक्षम हुनुपर्छ ।’

जर्मनीका राजदूत रोल्यान्ड स्क्याफरले नेपाललाई उक्त आग्रह गरेका हुन् ।

जर्मनीले नेपाललाई मंगलबार महामारीविरुद्ध ११२ थान भेन्टिलेटर, २ लाख मास्क, २९ हजार पल्स अक्सिमिटर लगायतका सामग्री प्रदान गरेको छ । त्रिभुवन विमानस्थलमा राजदूत स्क्याफरले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई सामग्री प्रदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर