अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ – Nepal Press

अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका- ५ बस्ने २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् ।

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका- ५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी ४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुमाथि जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर