मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, मंगलबार ५१ सयमा संक्रमण पुष्टि – Nepal Press

मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, मंगलबार ५१ सयमा संक्रमण पुष्टि

६,५७० जना निको

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ५,१५३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पीसीआर र ५,६११ वटा एन्टीजेन नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार कोभिडको कारण मृत्यु हुनेको कूल संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।

मंगलबार ६,५७० जना निको भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर