नेप्सेमा नयाँ रेकर्डको निरन्तरता, ३ हजारनजिक पुग्यो परिसूचक – Nepal Press

नेप्सेमा नयाँ रेकर्डको निरन्तरता, ३ हजारनजिक पुग्यो परिसूचक

काठमाडौं । नेप्से परिसूचक ५३.४४ अंकले बढ्दै २९६०.१४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । गत आइतबार नेप्से परिसूचक २९०६.८९ विन्दुमा पुगेको थियो ।

आज फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल आउँदा नेप्से परिसूचक उच्च विन्दुमा पुगेको हो । विकास बैंक समूहको सेयर मूल्य ९ .०४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ८.७१ प्रतिशतले बढ्यो ।

आज ३ करोड ५७ लाख ७० हजार ३७४ कित्ताको किनबेचमा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँको कारोबार भयो । मुक्तिनाथ विकास बैंकलगायत ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ । २९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै सर्किट लेभलमा पुगेका छन् ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६ करोडको कारोबार भयो । आज सबैभन्दा बढी गुमाउने कम्पनीमा माइक्रोफाइनान्स, लगानी र होटल तथा टुरिजम समूह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर