सेयर बजारलाई विश्वसनीय बनाउन अर्थमन्त्रीको आग्रह – Nepal Press

सेयर बजारलाई विश्वसनीय बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई थप विश्वसनीय र लगानीमैत्री बनाउन आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले धितोपत्र कारोबारलाई व्यवस्थित बनाउँदै अनियमितता र बजारलाई प्रभाव पार्ने खालका नकारात्मक धारणा नजाओस् भनेर सचेत हुनुपर्नेमा जोड दिए ।

लगानीकर्ताप्रति आभार जनाउँदै उनले बजारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
सेयर बजारले पुँजी निर्माणमा योगदान गर्नेमा विश्वस्थ रहेको उनको भनाइ थियो ।

आगामी आर्थिक वर्षको बजेटले वस्तु विनिमय बजारलाई अगाडि बढाउने नीति लिएकाले त्यसको कार्यान्वयमा ध्यान दिन अर्थमन्त्री पौडलले बोर्डलाई निर्देशन दिएका छन् ।

‘वस्तु विनियमय बजार सुरू गर्न धितोपत्र बोर्डले आवश्यक कदम चाल्ने विश्वास लिएको छु’, अर्थमन्त्री पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *