खेलकुद मन्त्री मियाँले भने : एक चीन नीतिमा प्रतिबद्ध छु, भ्रमपूर्ण प्रचारको अर्थ छैन – Nepal Press

खेलकुद मन्त्री मियाँले भने : एक चीन नीतिमा प्रतिबद्ध छु, भ्रमपूर्ण प्रचारको अर्थ छैन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले आफू एक चीन नीतिमा प्रतिबद्ध रहेको भन्दै विगतमा आफूलाई झुक्याएर लगिएको कार्यक्रमको विषय अहिले उठाउनु असान्दर्भिक रहेको बताएका छन् ।

मन्त्री मियाँ केही वर्षअघि एउटा गैरसरकारी संस्थाको निमन्त्रणामा लात्भिया गएको तर, एउटा कार्यक्रम भनेर अर्कोमा लगिएको थाहा पाएपछि फर्किएको स्मरण गर्दै अहिले पुरानो प्रसंग उठाएर भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् ।

मियाँले विज्ञप्तिमा भनेका छन् : म नेपाल सरकारको निरन्तरको एक चीन नीतिप्रति स्पष्टताका साथ प्रतिबद्ध छु र तिब्बत स्वशासित क्षेत्र चीनको अभिन्न अंग हो भन्नेमा स्पष्ट छु । हामी हाम्रा दुई छिमेकी मित्र राष्ट्रबीचको संवेदनशीलतालाई बुझ्छौं । मियाँसहित केही सांसदलाई एउटा कार्यक्रम भनेर फ्री तिब्बत सम्बन्धी संस्थाको कार्यक्रममा सहभागी गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर