जर्मनीले पठाएकाे स्वास्थ्य सामाग्री काठमाडौंमा, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (तस्विरहरु) – Nepal Press

जर्मनीले पठाएकाे स्वास्थ्य सामाग्री काठमाडौंमा, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (तस्विरहरु)

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरुप जर्मनी सरकारले उपलब्ध गराएको १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आज सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।

युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।

जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर आज हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *