कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु) – Nepal Press
कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)
निशान्त सिंह गुरुङ्ग २०७८ जेठ २४ गते २०:०३
२०७८ जेठ २४ गते २०:०३

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा छुट्टाछुट्टै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पेप्सीकोलामा नेविसंघले र मिनभवनमा क्रान्तिकारीले पुत्ला दहन गरेका हुन् ।

नेविसंघले पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको थियो । बानेश्वरमा भने प्रहरीले कुनै हस्तक्षेप गरेन । आन्दोलनकारी विद्यार्थीले ओलीले हालै गरेको मन्त्रीमण्डल पुनर्गठन तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।