‘तमसोमा ज्योतिर्गमय’ ले बनायो अग्लो स्थानमा छायांकनको विश्व किर्तिमान – Nepal Press

‘तमसोमा ज्योतिर्गमय’ ले बनायो अग्लो स्थानमा छायांकनको विश्व किर्तिमान

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारण हुने टक शो ‘तमसोमा ज्योतिर्गमय’ ले उच्च स्थानमा कार्यक्रम छायांकनको विश्वकिर्तिमान बनाएको छ । सगरमाथा आधार शिविरमा पुगेर सो कार्यक्रम छायांकन गरिएको थियो ।
५ हजार ५ सय ५० मिटरको उचाइमा छायांकन गरिएको कार्यक्रमले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाएको हो । उक्त संस्थाले एपीवान टेलिभिजनलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ ।
तमसोमा ज्योतिर्गमय गत जेठ ४ गते सगरमाथाको आधार शिविरमा छायांकन गरिएको थियो । सो कार्यक्रम छायांकन समूहमा कार्यक्रम प्रस्तोता तथा सम्पादक टिकाराम यात्री, कार्यक्रम निर्माता फुर्बा शेर्पासहित अनुसन्धानकर्ता सरोज गौतम, क्यामरापर्सन धनयोञ्जन तामाङ र सञ्जय पौडेल सहभागी थिए ।
कार्यक्रममा सबैभन्दा कम उमेरमा आठ हजारभन्दा माथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका मिङमा शेर्पासँग अन्तर्वार्ता लिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *