मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो – Nepal Press

मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

उनलाई हिजो बाँसवारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।

मुटुको एन्जियोप्लास्टीपछि हाल श्रेष्ठको अवस्था सुधारोन्मुख रहेको छ । अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ । उनको गत वर्ष पनि एन्जियोप्लास्टी गरी स्ट्यान्ड राखिएको थियो ।

कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचार गराएका श्रेष्ठ गत साता मात्रै घर फर्केका थिए । उनले आफू स्वस्थ बनेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।


प्रतिक्रिया

One thought on “मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

  1. Stand hoina stent rakheko hola. Those interested can google “stent” to learn more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *