पौने ३ लाख पूर्वकर्मचारीको पेन्सन अब सिधै खातामा जम्मा हुने – Nepal Press

पौने ३ लाख पूर्वकर्मचारीको पेन्सन अब सिधै खातामा जम्मा हुने

काठमाडौं । करिव पौने ३ लाख पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब सिधै उनिहरुको खातामा जम्मा हुने भएको छ । यससँगै अब पेन्सन बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु भएको हो । यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने कार्यालयका प्रवक्ता समेत रहेका सह–महालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले सूचनामार्फत जानकारी दिएका हुन् । उनका अनुसार कार्यप्रक्रियामा सरलीकरण र सहजीकरणमा समेत सहयोग पुग्ने भएको छ ।

विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट खातामा नै रकम जम्मा हुने भएपछि निवृत्तभरण पाउने व्यक्तिले समेत छिटो, छरितो र प्रभावकारी सेवा पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *