राणा र लोहनीप्रति कमल थापाको असन्तुष्टिः दुई घोडा अल्छी, गतिहीन भइयो – Nepal Press

राणा र लोहनीप्रति कमल थापाको असन्तुष्टिः दुई घोडा अल्छी, गतिहीन भइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका कारण पार्टी गतिहिन बनेका थापाको घुमाउरो आशय छ ।

पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीको नाम नलिइकन थापाले उनीहरुलाई ‘अल्छी घोडा’ को संज्ञा दिएका छन् ।

उनी फेसबुकमा लेख्छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

थापाले आफूलाई दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको रूपमा चित्रण गरेका छन् ।

‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्रगतिको घोडाको हालत के होला रु च्यापिएर थला पर्न बेर छैन’ उनले लेखेका छन् ।

राप्रपामा पछिल्लोपटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको रापपा संयुक्त र थापाको राप्रपाबीच एकीकरण भएर तीनैजना अध्यक्ष बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर