शंकर पोखरेलको आग्रह – अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं – Nepal Press

शंकर पोखरेलको आग्रह – अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं

काठमाडौं । एमालेलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि नेकपा एमालेका नेता शंकर पोखरेलले अब मन मिलाउने र पार्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसका लागि नेतृत्वकै पहलको खाँचो औंल्याएका छन् । ओलीनिकट नेता पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीच हो । पहल गरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर