कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच वार्ता, अबको रणनीतिबारे छलफल – Nepal Press

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच वार्ता, अबको रणनीतिबारे छलफल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

कोटेश्वरस्थित  घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् ।

एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए ।

आज पनि आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् । प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् । अहिले पार्टी अलग भए पनि नेपाल र प्रचण्डबीच गठबन्धन जारी छ ।


प्रतिक्रिया

2 thoughts on “कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच वार्ता, अबको रणनीतिबारे छलफल

  1. प्रधानमन्त्रीको वास्तविक रुपमा चेत खुलेको हो,भने सम्मान गरिनुपर्छ ।चिन्न अहिलेसम्म आफ्नै पार्टी अलग गरि एकाधिकार सच्चाउनु पर्छ।नेतृत्व नयाँ पुस्तालाई सुम्पिने आँट गरिनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर