बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन – Nepal Press

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन

रूपन्देही । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षीय पुरुषको आइतबार राती पौने ९ मा मृत्यु भएको छ भने जेठ २१ गते भर्ना भएका शारदा १३ सल्यानका ५५ वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ ।

त्यसैगरी जेठ १९ गते भेरी अस्पतालमा भर्ना भएका बंगलाचुली ३ दाङका ५२ वर्षीय पुरुषको आइतबार राती पौने ८ बजे मृत्यु भएको थियो भने हिजै भेरी अस्पताल भर्ना भएका मुसिकोट ७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुषको पनि आइतबार राती साढे ८ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचाररत जिल्ला बाहिरका ३१७ जना र जिल्ला भित्रका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *