योगेश भट्टराईलेभने- अध्यक्ष ओलीको आह्वान सकारात्मक – Nepal Press

योगेश भट्टराईलेभने- अध्यक्ष ओलीको आह्वान सकारात्मक

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

माधव नेपाल पक्षमा रहेका नेता भट्टराईले कार्यदलको वार्तालाई अध्यक्ष ओलीको वक्तव्यले निरन्तरता दिन बाटो खोलेको भन्दै शर्ष नेतृत्वमा हुने सार्थक संवादले निष्कर्षमा पुग्न सघाउने बताएका छन् ।

भट्टराईले भनेका छन्- सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर