सर्वोच्चबाट पुनर्वहाली भएका थापाले भने–कम्युनिस्ट जनमतलाई घात गर्दिन, कांग्रेसलाई मुख्यमन्त्री बन्न दिन्न – Nepal Press

सर्वोच्चबाट पुनर्वहाली भएका थापाले भने–कम्युनिस्ट जनमतलाई घात गर्दिन, कांग्रेसलाई मुख्यमन्त्री बन्न दिन्न

काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले कांग्रेसलाई मुख्यमन्त्री बनाउन आफू कुनै पनि हालतमा सहमत नहुने दोहोर्याएका छन् । अदालतको अन्तरिम आदेशबाट बहाली भएका थापाले नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसलाई सहयोग नगर्दा आफ्नै पार्टीले कारवाही गरेको भन्दै अदालतले न्याय दिएकाले आफू अझ दृढतापूर्वक जनता र कार्यकर्ताको मतको सम्मान गर्न अघि बढ्ने बताए ।
उनले भने–बागलुङका जनताले हामीलाई खबरदार कांग्रेसलाई सघाउला भनेर चेतावनी दिएका थिए । त्यही भएर पार्टी केन्द्रको निर्देशन अनुसार मैले मुख्यमन्त्रीमा कांग्रेसको पक्षमा सही गरिन । अहिले अदालतले न्याय दिएको छ,म आफ्नो अडान छाड्दिन । थापाले कम्युनिस्ट मिल्नुको विकल्प नभएको भन्दै कांग्रेसका कृष्णचन्द्र नेपाली एमालेका पृथ्वीसुब्बा गुरुङभन्दा कुनै पनि हिसाबले योग्य नभएको दावी गरे ।
थापाले कम्युनिस्ट जनमतबाट जितेको आफूले त्यसमाथि घात नगर्ने प्रष्ट पारे । थापाको पुनर्वहालीसँगै विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना लगभग अन्त्य भएको छ ।

प्रतिक्रिया

One thought on “सर्वोच्चबाट पुनर्वहाली भएका थापाले भने–कम्युनिस्ट जनमतलाई घात गर्दिन, कांग्रेसलाई मुख्यमन्त्री बन्न दिन्न

  1. खेति किसान गर्छु,अदालत जान्न भनेको होइन तिमी ले नै, कसको इशारामा गयाै? उत्तर चाहियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर