प्रि-बजेट छलफलको व्यवस्थासहित कर्णालीमा आर्थिक कार्यविधि संशोधन – Nepal Press

प्रि-बजेट छलफलको व्यवस्थासहित कर्णालीमा आर्थिक कार्यविधि संशोधन

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशमार्फत दोस्रो संशोधन गरेको छ ।

ऐनमा बजेट ल्याउनुपूर्व एक महिनाअघि र प्रदेशसभा नियमावलीमा कम्तीमा १५ दिन अगाडि आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा प्रि-बजेट छलफल गराइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि यसतर्फ सरकारको ध्यान गएको थिएन ।

मन्त्रिपरिषद्को जेठ २० गतेको बैठकले सो अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख कलौनीले अध्यादेश स्वीकृत गरेसँगै अध्यादेश अनुसार अब बजेट ल्याउने दिन असार १ गतेभन्दा सात दिन पहिले सदनमा प्रि-बजेट छलफल गराउन सकिने व्यवस्था कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर