समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त – Nepal Press

समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोधिने

सुर्खेत । नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।

माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकोले उनलाई पदमुक्त गरिएको हो ।

त्यस्तै पार्टी एकता र भावनाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर