कपिलवस्तुमा फेरि थपियो निषेधाज्ञा – Nepal Press

कपिलवस्तुमा फेरि थपियो निषेधाज्ञा

रूपन्देही । कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय २४ गते राति १२ बजे सकिदै छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर